close

नेप्से परिसूचक १८ महिनायताकै न्यून बिन्दुमा, कारोबार रकम भने बढ्यो

नेप्से परिसूचक १८ महिनायताकै न्यून बिन्दुमा, कारोबार रकम भने बढ्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । नेप्से परिसूचक १८ महिनायताकै सबैभन्दा न्यून बिन्दुमा झरेको छ । मंगलबार नेप्सेपरिसूचक १९९८.६५ विन्दुमा बन्द भई २००० भन्दा तलको बिन्दुमा झरेको हो । 

तर, मंगलबार सोमबार भएको कारोबार रकमको तुलनामा बढी छ ।

यस दिन २२३ स्टकको ३१ हजार ८०६ पटकको कारोबारमा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँबराबरको ४१ लाख ४७ हजार कित्ता सेयर खरिद विक्री भएको छ । 

सोमबार एक अर्बको पनि कारोबार भएको थिएन । 

मंगलबार सबैभन्दा बढी आँधीखोला लघुवित्तको सेयरमूल्य ८.१८ प्रतिशत बढेको छ ।