close

अर्थमन्त्री पदमा रहनयोग्य व्यक्ति हुनुहुन्न : पूर्वअर्थमन्त्री पाण्डे

अर्थमन्त्री पदमा रहनयोग्य व्यक्ति हुनुहुन्न : पूर्वअर्थमन्त्री पाण्डे

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले जनार्दन शर्माले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबार बैठकमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेरको विवरण सार्वजनिक भएका आधारमा  अर्थमन्त्रीले पदमा बस्न नमिल्ने बताएका हुन् । 

‘यति गम्भीर प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्न लायक हुनुहुन्छ ? प्रधानमन्त्रीले यसको जवाफ दिनुपपर्ट्टछ कि पर्दैन,’ उनले भने, 'करको विषय ज्यादै गोपनीय विषय हो । राष्ट्रको सुरक्षा स्वार्थको विषय हो । संसद्ले यसबारेमा कदम चाल्नुपर्छ । यसको जवाफ हामी चाहन्छौं । मन्त्रीले नैतिक हिसाबले त्यो पदमा बस्न मिल्दैन ।'

प्रमुख प्रतिपक्षले सोमबारको प्रतिनिधिसभा बैठकमा गम्भीर प्रश्न उठाएपछि अर्थमन्त्रीले संसद्मा जवाफ दिनुपर्नेमा त्यसो नगरेको भन्दै पाण्डेले आपत्ति जनाए । 

‘यति गम्भीर विषयको गम्भीरतताका साथ प्रश्न खडा गरिसकेपछि अर्थमन्त्रीले आएर संसद्मा प्रस्ट पार्नुभएन । यो ज्यादै आपत्तिजनक कुरा हो,' उनले भने, 'यसबारेमा खासगरी करका दर तलमाथि भए भन्नेबारेमा विभिन्न सांसदहरूले बजेटको छलफलमा प्रतिपक्षी र सत्तापक्षका सांसदहरूले गम्भीर चासो व्यक्त गर्नुभएको छ ? बजेट निर्माणका सिलसिलामा अनधिकृत मानिससँग साठगाठ गरेर करका दरमा तलमाथि गरेको कुराहरू सार्वजनिक भएका छन् । यस सन्दर्भमा हामीले दलको तर्फबाट प्रश्न उठाएका थियौँ । तर,अर्थमन्त्रीले संसदमा आएर यसबारे कुनै प्रस्ट पार्नुभएन । यो ज्याँदै आपत्तिजनक कुरा हो । करका दरहरू तलमाथि भए भन्नेबारेमा मलगायत धेरै मान्य सदस्यहरूले यस रोष्टममा बजेटकै छलफलमा आफ्ना विषय राखेका थियौँ । त्यसैगरी सत्ता पक्षका मान्य सदस्यहरूले पनि यसबारे गम्भीर चासो व्यक्त गरिसक्नुभएको छ ।’