close

रासायनिक मल ल्याउन सबै उपाय अवलम्बन गर्न संसद्को निर्देशन

रासायनिक मल ल्याउन सबै उपाय अवलम्बन गर्न संसद्को निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाले सरकारलाई सहज रुपमा रासायनिक मल ल्याउन सबै उपाय अवलम्बन गर्न निर्देशन दिँदै विशेष प्रस्ताव पारित गरेको छ । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा मलबारे प्रायः सबै सांसद र कृषिमन्त्रीको पनि धारणा एउटै आएपछि नेकपा एमालेले पेस गरेको विशेष प्रस्ताव सर्वसम्मतिका साथ पास भएको हो । 

नेकपा एमालेले सोमबार रासायनिक मल कृषि वृद्धिका लागि अत्यावश्यक रहेको र हाल बालीको रुपमा धान बाली लगाउने समयमा समेत रासायनिक माल उपलब्ध नभएको विषयमा यस सदनको गम्भीर ध्यानाकर्षण भएको छ भनी अति जरुरीको प्रस्ताव पेस गरेको थियो ।