close

आज १६ अंकले घट्यो नेप्से परिसूचक

आज १६ अंकले घट्यो नेप्से परिसूचक

Trulli
ADVERTISEMENT

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज १५.८२ अंकले नेप्से परिसूचक घटेर २०३२.३४ अंकमा झरेको छ । 

शुक्रबार पनि  शेयर बजार १४.६४ प्रतिशतले घटेको थियो । आज नेप्सेका १३ वटा उपसूचकहरू सबै राताम्मे भएका छन् । सोमबार २३० कम्पनीको २९ लाख २० हजार कित्ता शेयर किनबेच हुँदा ९९ करोड ८६ लाख रुपैयाँको कारोबार भएको हो । 

सोमबार कारोबार रकमका आधारमा ९ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री गरेर सानिमा बैंक शीर्षस्थानमा रह्यो । आज नेप्से घटे पनि  दुईवटा कम्पनीको शेयर मूल्य भने सर्किट लेभलमा बृद्धि भएको छ ।