close

कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कुँवर निर्वाचित

कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कुँवर निर्वाचित

Trulli
ADVERTISEMENT

कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुष्पराज कुँवरको प्यानल निर्वाचित भएको छ । शुक्रबार भएको सङ्घको निर्वाचनबाट कुँवर ६७८ मतसहित निर्वाचित हुनुभएको हो । उनका प्रतिस्पर्धी सुरेन्द्र राठीले ३५५ मत प्राप्त गरेका छन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले ६१२ मतका साथ निर्वाचित भए । महासचिवमा ओमबहादुर विष्टले ५१४ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी सिद्धराज पनेरुले ४८१ मत प्राप्त गरे । कोषाध्यक्षमा भीमराज ओझा (अब्बु) ले ६८० र सचिवमा सुरेश पाण्डेयले ३९९ मतसहित निर्वाचित भएका छन् । 

सदस्यहरुमा तिलकबहादुर बोहरा, कविन्द्र पन्त, रवि कुँवर, अम्बिका भण्डारी, कोपिला कुँवर, लोकराज भट्ट, प्रकाशकुमार चन्द, रुपेश खड्का, श्यामराज जोशी, राधिकाकुमारी चौधरी, शम्भु लामिछाने, सुरेन्द्रबहादुर कठायत, कृष्णाकुमारी विष्ट, वासुदेव भट्ट, मिलन कुँवर, सुरेन्द्रकुमार बोहरा र रिता जोशी निर्वाचित भएका छन् ।