close

माइला विकको उद्धार  नहुँदा सवा करोड घाटा, भारतबाट विद्युत आयात

माइला विकको उद्धार  नहुँदा सवा करोड घाटा, भारतबाट विद्युत आयात

Trulli
ADVERTISEMENT

काठमाडौं । करिब ९ घण्टादेखि बिजुलीको हाइ भोल्टेज प्रवाह हुने तारमा रहेका माइला विकको अहिलेसम्म पनि उद्धार गर्न सकिएको छैन ।

माइला विकको समयमा उद्धार हुन नसक्दा नेपाल विद्युत प्राधिकरणले विद्युतभारमा समस्या भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । विद्युत अभाव भएपछि  प्राधिकरणले भारतबाट विद्युत आयात गरेको छ भने विभिन्न उद्योगलाई करिब १०० मा ८० का दरले मात्र विद्युत दिन थालिएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले पालिका खबरलाई बताए । 

उनले भने,'६५ मेगावाट विद्युत अवरुद्ध भइरहेको छ । त्यसको व्यवस्थापनका लागि केही भारतबाट ल्याइएको छ भने केही औद्योगिक क्षेत्रको लोड कम गरिएको छ ।”

नुवाकोटको ककनी गाउँपालिकाको एक विद्युत पोलमा चढेका ४४ वर्षका माइला विक (प्रेम) अझै पनि बिजुलीको तारमै छन् ।

प्राधिकरणलाई अहिले पनि प्रतिघण्टा १३ लाख घाटा भइरहेको छ । प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि माथिल्लो त्रिशुली थ्री ए लगायतका केही आयोजनाको बिजुली उत्पादन बन्द गर्नु परेको छ ।

माइलाको सकुशल उद्धारका लागि नेपाली सेनालाई हेलीकोप्टरको प्रयोग गर्न उर्जामन्त्रीले निर्देशन दिइसकेकी छन् ।