close

गृहमन्त्रीको प्रमुख आतिथ्यमा साकोस चौथो शिखर गोष्ठि- २०२२ हुने

गृहमन्त्रीको प्रमुख आतिथ्यमा साकोस चौथो शिखर गोष्ठि- २०२२ हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडले चौथो शिखर गोष्ठि जेठ २९ र ३० गते गर्ने भएको छ ।

विगत ३४ वर्षदेखि सहकारीको अभियानमार्फत् सदस्य संस्थाहरुको प्रवद्र्धन, निरन्तर दीगो विकास र सशक्तीकरण गर्दै आएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडले आफ्नो चौथो साकोस शिखर गोष्ठि– २०२२ द होटल सोल्टीमा गर्न लागेको हो । 

गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यतामा शिखरको उद्घाटन हुने र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको एक्यबद्धतासहित घोषणापत्र जरी गरी समापन हुने सो संस्थाले बिहीबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 

सातै प्रदेशबाट ५० जिल्लाका ६५० भन्दा बढी सहकारीकर्मी र सरोकारकारवाला निकायका प्रतिनिधिको सहभागितामा सम्पन्न हुने गोष्ठिमा पाँच सामूहिक सत्र र चारवटा ब्रेक आउटसत्र गरी जम्मा नौ सत्र साञ्चालन हुने बताइएको छ ।