close

तोलामा ५०० ले बढ्यो सुनको मूल्य

तोलामा ५०० ले बढ्यो सुनको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं । सुनको मूल्य बिहीबार तोलामा ५०० रुपैयाँ वृद्धि भएको छ । बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार बढेर प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

तेजाबी सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भई ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला एक हजार २८० रुपैयाँ रहेको चाँदी बिहीबार पनि सोही मूल्यमा नेपाली बजारमा कारोबार भइरहेको छ ।