close

सेनेटरी प्याड आयातमा ९० प्रतिशत छुट दिँदा उत्पादक मारमा

सेनेटरी प्याड आयातमा ९० प्रतिशत छुट दिँदा उत्पादक मारमा

Trulli
ADVERTISEMENT

काठमाडौं । सेनेटरी  प्याडमा ९० प्रतिशत छुट दिने सरकारको नीतिप्रति सेनेटरी  प्याड उत्पादक कम्पनीले असन्तुष्टि प्रकट गरेका छन् ।

बुधबार विराटनगरमा एक कार्यक्रम गरी सेनेटरी उत्पादक कम्पनीहरूले सरकारले लिएको नीतिप्रति आफ्नो असन्तुष्टि प्रकट गरेका हुन् ।   

सरकारले आगामी वर्ष २०७९/०८०को बजेटमा सेनेटरी प्याडमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत कटौती तथा १.५ प्रतिशत कायम गरी विदेशबाट कच्चापदार्थ आयात गरी नेपालमै सेनेटरी प्याड उत्पादन गर्ने उद्योगीले ७ प्रतिशत भन्दा सर महसुल  तिर्नुपर्ने भएकाले नेपालमा उत्पादन गर्न नसकिने उनीहरूको भनाइ छ ।

‘स्वदेशमा उत्पादन गर्ने भन्दा आयात गरेर बिक्री गर्दा सस्तो पर्छ,’ उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले भने, ‘सरकारको नीतिले उद्योगको भविष्य अन्योलमा परेको छ ।’