close

विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ आजदेखि खुला

विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ आजदेखि खुला

Trulli
ADVERTISEMENT

काठमाडौं । आजदेखि विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिन पाइने भएको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको आइपीओ आजदेखि भर्न पाइने भएको हो । 

प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो मध्ये ५ प्तिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

विन्ध्यवासिनीको आइपीओमा जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।