close

यस्तो छ, केन्द्र सरकारले प्रदेशगत रुपमा छुट्याएको बजेट

यस्तो छ, केन्द्र सरकारले प्रदेशगत रुपमा छुट्याएको बजेट

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले जेठ १५ गते ल्याएको आव २०७९÷८०को बजेटमा प्रदेशतर्फ कुल १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ अनुदानस्वरुप विनियोजन गरेको छ । 

यसअघिका बजेटझैँ यसपटक पनि सातवटै प्रदेश सरकार र स्थानीय तहहरूलाई समानीकरण, विशेष, ससर्त र समपूरक अनुदान शीर्षकमा बजेट छुट्याएको छ ।

यसरी छुट्याइएको बजेटमा सबैभन्दा धेरै केन्द्रीय राजधानी रहेको बागमती प्रदेशले प्राप्त गरेको छ भने सबैभन्दा थोरै बजेट पाउने गण्डकी प्रदेशमा छ ।

बागमतीले २० अर्ब ३२ करोड, ६६ लाख रकम प्राप्त गर्नेछ र कम पाउने गण्डकी प्रदेशले १६ अर्ब ५४ करोड ३२ लाख प्राप्त गरेको छ । प्रदेशहरूले पाउने यो रकम वित्तीय हस्तान्तरणमार्फत् केन्द्र सरकारबाट अनुदान पाएको हो । 

यसरी हेर्दा  केन्द्र सरकारले सम्पूर्णमा गरी वित्तीय हस्तान्तरणतर्फ समानीकरणअन्तर्गत सबै प्रदेशमा गरी १५ अर्ब ३५ करोड ८० लाख, सूत्रमा आधारित अनुदान ४३ अर्ब ७७ करोड ३ लाख र कार्यसम्पादनमा आधारित गरेर २ अर्ब ३० करोड ३८ लाख गरी जम्मा ६१ अर्ब ४३ करोड २१ लाख रुपैयाँ हस्तान्तरण भएको छ ।

त्यसैगरी, ससर्ततर्फ अनुदानतर्फ ५७ अर्ब १६ करोड ८२ लाख हस्तान्तरण भएको छ ।  जसमा १५ अर्ब ७२ करोड ३० लाख र पुँजीगत तर्फ ४१ अर्ब ४४ करोड ५२ लाख छ  भने विशेषतर्फ सबै प्रदेशमा चार अर्ब ५६ करोड ४३ लाख हस्तान्तरण भएको छ । समपूरकतर्फ ६ अर्ब २९ करोड ६० लाख रुपैयाँ हस्तान्तरण भएको छ ।