काठमाडौं । सेयरबजार सूचक नेप्सेम बिहीबार थप १८ अंक घटेको छ । केही दिनयता लगातार ओरालो लागेको सेयरबजार बिहीबार पनि ओरालो लागेको छ ।
बिहीबार नेप्से थप १८.२६ अंकले घट्दै २१ सय १२.४७ अंकमा झरेको हो ।
यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.८१ अंकले घट्दै ४१०.६६ अंकमा झरेको नेप्सेले जनाएको छ ।
नेप्से सूचक घट्दै गर्दा यता कारोबार रकममा समेत ठूलो संकुचन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १८ अंकमाथिले घटेको बजारमा आज जम्मा १ अर्ब १६ करोड १५ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।