close

तीन दिनदेखि लागतार ओरालो लाग्दै शेयरबजार

तीन दिनदेखि लागतार ओरालो लाग्दै शेयरबजार

Trulli
ADVERTISEMENT

काठमाडौं । साताको तेस्रो दिन पनि पनि शेयरबजार घटेको छ । शेयरबजार मापक परिसूचक नेप्से आज ७.२१ अङ्कले घटेर २१३०.७१ विन्दुमा झरेको छ । सोमबामरदेखि  लगातार घटेको शेयरले आज पनि निरन्तरता पाएको हो । 

बुधबार २२७ कम्पनीको शेयर २३ हजार १३४ पटक किनबेच हुँदा एक अर्ब ७ करोड ८४ लाख बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा धेरै कारोबार भएको छ। नेपाल इन्भेस्टमेन्ट बैंकको १२ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भएको हो । त्यस्तै दोस्रोमा हिमालयण डिस्टिलरीको कारोबार भएको छ । 

आज शिखर इन्सुरेन्सको शेयर १० प्रतिशत र नेपाल इन्भेस्टमेन्ट बैंक तथा गुराँस लघुवित्त कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि मैलुङखोला जलविद्युत् र बलेफी हाइड्रो शेयर सर्किट लेभलमा बढेको छ ।