काठमाडौं । शुक्रबार सेयरबजमारमा गिरावट आएको छ ।
यसदिन नेप्से परिसूचक भने १५.८२ अंकले घटेर २२३५ मा कायम भएको छ ।
४१ कम्पनीको मूल्य बढेको छ भने १३९ को घटेको छ । १२ कम्पनीको मूल्य भने स्थिर रह्यो । सबैजसो उपसमूह घटेका छन् ।
बैंकिङ ६, विकास बैंक ३३, फाइनान्स १५, होटल तथा पर्यटन ७, जलविद्युत् ९, जीवन बीमा १२२, उत्पादन २१, माइक्रोफाइनान्स १४, निर्जीवन बीमा १३९, अन्य ३५ र ब्यापार उपसमूह ४७ अंकले घटे ।
सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै २।७ प्रतिशत बढ्यो ।