काठमाडौं । आज अपरान्ह ४ बजेट बजेट भाषण सुरु हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन्।
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुन लागेको हो।
संसद् सचिवालयले पौने ४ बजे नै सांसदहरूलाई संसद् भवन छिरिसक्न अग्रह गरेको छ।