काठमाडौं । अपर हेवाखोला हाइड्रोखोला कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जेठ १० गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले निष्कासन गरेको ५ करोड रुपैयाँबारबरको प्रतिकित्ता १००अंकित दरका पाँच लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
सो सेयरमा संखुवासभाका बासिन्दाले आवेदन दिन सक्नेछन् ।
न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्म खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
सो कम्पनीको सेयर खरिदका लागि जेठ २४ गतेदेखि असार ८ गतेसम्म आवेदन दिन सकिनेछ ।