काठमाडौं । साताको अन्तिम कारोबार सेयर बजारमा गिरावट आएको छ ।
बुधबार नेप्से सामान्य अंकले बढेको सेयरबाजर त्यसयता लगातार घटेको सेयरबजारमा आज पनि गिरावट आएको छ ।
बिहीबार बजार परिसूचक नेप्से ३७.०६ अंकले गिरावट आई २२३८.६२ अंकमा बन्द भएको छ ।
तर, नेप्से घटे पनि कारोबार रकम भने केही बढेको छ । एक अर्ब ६५ करोडको कारोबार भएको छ । बुधबार एक अर्ब २७ करोडको कारोबार भएको थियो ।