काठमाडौं । अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या श्रीलंकाको जस्तो नभएको बताएका छन् ।
बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा ‘नेपालको अर्थतन्त्र’ सम्बन्धित कार्यक्रममा नेपालको अर्थतन्त्र बिगार्न श्रीलंकन शासकीयस्वरूप तत्त्व लागिपरेको बताउँदै यस्तो बताएका हुन् ।
सार्वजनिक ऋण र विदेशी मुद्रा सञ्चितको समस्या खप्टिँदा श्रीलंका आर्थिक संकटमा परेको उनको बताए ।
कुशासन र नीतिगत कच्चापन हुँदा श्रीलंका ऋणमा फसेको बताउँदै उनले नेपालमा श्रीलंकाको जस्तो कुशासन र नीतिगत कच्चापन चर्किन नपाएको बताए ।