close

हाम्रो पात्रोले भित्र्यायो २ महिनामै १ करोड बढीको रेमिट्यान्स

हाम्रो पात्रोले भित्र्यायो २ महिनामै १ करोड बढीको रेमिट्यान्स

Trulli
ADVERTISEMENT

काठमाडौं– हाम्रो पात्रो एपबाट २ महिनामै १ करोड रुपैयाँ बढीको रेमिट्यान्स नेपाल भित्रिएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले २ महिनाअघि मात्र यो सुविधा प्रयोगकर्तामाझ सुरु गरेको थियो । 

 

हाम्रो पात्रोका सीईओ शंकर उप्रेतीले प्रयोगकर्ता तथा साझेदारलाई धन्यवाद दिए । ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ । सबै प्रयोगकर्तालाई समर्थन र विश्वासका लागि आभार व्यक्त गर्दछु । हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्तालाई कम शुल्कमा नेपालमा पैसा पठाउने सुविधा दिनु हो । अबको केही समयमै अस्ट्रेलिया, जापानबाट पनि यो सुविधा सुरु गर्ने गृहकार्य गर्दै छौँ’, उनले भने ।


इन्स्ट्यान्ट ट्रान्सफर सुविधा पनि चाँडै सञ्चालन गरिने उप्रेतीले बताए । यो सेवा सुरु भएपछि पैसा पठाएको केही समयमै नेपालका बैंक खाता अथवा मोबाइल एपमा पैसा डिपोजिट हुनेछ ।


रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको छ । प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुआती तीन पटकसम्म निःशुल्क रेमिट्यान्सबाट नेपालमा रकम पठाउन सक्नेछन् । हाल हाम्रो पात्रो एप डाउनलोड गर्ने १ करोड पुगिसकेका छन् । पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो ।