close

गरिमा विकास बैंक र सहारा विकास बैंककाे एकीकृत कारोवार सुरु

गरिमा विकास बैंक र सहारा विकास बैंककाे एकीकृत कारोवार सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं- आईतबारदेखि गरिमा विकास बैंक र सहारा विकास बैंकको एकिकृत कारोबार सुरु भएको छ । लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंकले सर्लाही जिल्ला मलंगवा वडा नं. ९ मा केन्द्रिय कार्यालय रहेको साविक सहारा विकास बैंकलाई प्राप्ति गरेपछि एकीकृत कारोवार सुरु भएको हो । 

 

प्राप्ति पश्चात विकास बैंकको जारी तथा चुक्ता पूँजी तीन अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ र आठ पैसा पुगेको छ । प्राप्ति पश्चात विकास बैंकको केन्द्रिय कार्यालय काठमाडौं महानगरपालिका वडा नं। २ लाजिम्पाटमा तथा एक्टेन्सन काउन्टर सहित १११ वटा शाखा कार्यालय हुनेछ ।

 

आज सर्लाही जिल्ला मलंगवामा आयोजित एकिकृत कारोवार शुभारम्भ समारोह प्रदेश २ महिला वालवालिका एवं युवा तथा खेलकुद मन्त्री माननीय विरेन्द्र प्रसाद सिंहबाट समुद्धघाटन भएको छ । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल, संचालक डा. आनन्द प्रसाद श्रेष्ठ, साविक सहारा विकास बैँक लिमिटेडका अध्यक्ष सुगन्ध कुमार गुप्ता लगायतले सम्पूर्ण शेयरधनी, कर्मचारी तथा सरोकारवाला लगायत सम्पूर्णको मद्दतले प्राप्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सकेको भन्दै धन्यवाद दिएका छन् ।