close

सावधान ! इसेवाबाट ठगिनुहोला नि

सावधान ! इसेवाबाट ठगिनुहोला नि

Trulli
ADVERTISEMENT

काठमाडौं– भुक्तानी प्रदायक संस्था इसेवाले ग्राहकको पैसा समयमै फिर्ता नगरेको गुनासो बारम्बार सुनिँदै आएको छ । इसेवाले आफ्ना ग्राहकलाई भुक्तानी दिनुपर्ने पैसा महिनौँसम्म होल्ड गरी बदमासी गरेको हो । 


इसेवाबाट ठगी हुँदै आएका घटना सामाजिक सञ्जालदेखि पत्रपत्रिकामा समेत आउन थालेका छन् । पछिल्लो समय सुदूरपश्चिमका पंकजसिंह ठकुरीकी दिदीले दसैँमा घर गएर फर्किने बेला इसेवाबाट टिकट लिन बैंक अकाउन्टबाट कम्पनीमा रकम पठाइन् ।  यसका लागि उनले आफ्नो  बैंक खाताबाट ८ हजार रुपैयाँ इसेवामा पठाइन् । तर, इसेवामा त्यो पैसा गएको देखिएन । 

 

इसेवाले ‘तपाईंको आग्रह स्वीकारिएको छ । अगाडिको प्रोसेसबारे तपाईंलाई म्यासेज पठाउनेछौँ’ भन्ने सूचना पठाएको छ । बैंकबाट पैसा गएकोबारे केही लेखेको देखिन्न ।


ठकुरीकी दिदीले इसेवाबाट टिकट नपाए पनि तिनको पैसा बैंकबाट काटिएको छ  । इसेवामा बैंकबाट काटिएको रकम जम्मा नभएपछि उनीहरू अर्को माध्यमबाट टिकट काटेर काठमाडौं आए । तर, १ महिना बितिसक्दा पनि बैंकबाट काटिएको रकम ईसेवा अकाउण्टमा आएन । 

 

यसबारे कम्पनीको कस्टमर केयरमा कुरा गर्दा बैंकमै पैसा होल्ड भएको भनियो ।  यहाँ आएपछि पनि उनले टिकटका लागि इसेवामा गएको पैसा अहिलेसम्म फिर्ता पाएकी छैनन् । यसबारे कम्पनीसँग बुभ्mदा तपाईंहरूको पैसा बैंकमै होल्ड भएको भनिएको भाइ ठकुरीले बताए । 


टिकट काट्दा बैंक अकाउन्टबाट इसेवामा पैसा गए÷नगएको बुझ्न आफूहरू सम्बन्धित बैंकमा जाँदा इसेवामा उतिबेलै गएको देखियो । सो रकम हालसम्म पनि होल्ड गरेर राखेको थाहा पाएपछि पनि इसेवालाई अनुरोध गर्दा कुनै प्रतिक्रिया नदिएकाले उनीहरु सामाजिक सञ्जाल प्रयोग गरी आफ्नो समस्या सार्वजनिक गर्न बाध्य भए । 


टिकट काट्ने उद्देश्यले बैंकबाट इसेवामा तानिएको पैसा महिनौँदेखि होल्ड हुँदा पनि कम्पनीले फिर्ता गर्न आनाकानी गरिरहेको ठकुरीको गुनासो छ । बैंकमा जाँदा इसेवामा पैसा गइसकेको देखिए पनि १ महिनासम्म होल्ड गरेर कम्पनीले अहिलेसम्म उपलब्ध नगराएको ठकुरीले जानकारी दिए ।