close

‘पूर्वाधार विकासमा हेभिइक्विपमेन्टको भूमिका महत्वपूर्ण’

‘पूर्वाधार विकासमा हेभिइक्विपमेन्टको भूमिका महत्वपूर्ण’

Trulli
ADVERTISEMENT

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेणु यादवले पूर्वाधार विकासमा हेभि इक्विपमेन्ट क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् ।

 

दीपावली, नेपाल संवत एवं छठपर्वको अवसरमा नेपाल हेभिइक्विपमेन्ट व्यवसायी महासङ्घले आइतबार साँझ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले देश विकासका लागि हेभिइक्विपमेन्ट व्यवसायीको भूमिका उल्लेखनीय छ भनिन् ।  ‘हेभि इक्विपमेन्ट व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि मन्त्रालयले सम्बोधन गर्नेछ’, उनले भनिन् । 

 

महासङ्घका अध्यक्ष प्रेमलाल श्रेष्ठले कोरोना महामारीका समयमा हेभिइक्विपमेन्ट क्षेत्रले समस्या भोग्नुपरेको जनाउँदै समस्या समाधानका लागि मन्त्रालयले पहल गर्न माग गरे । महासङ्घका महासचिव सुरेश खत्रीले हेभिइक्विपमेन्टको चर्को बिमा शुल्क तथा उचित पार्किङको व्यवस्थापनलगायतका विद्यमान समस्याका बारेमा हेभिइक्विपमेन्ट व्यवसायीले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आएको जानकारी दिए ।