कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले व्यवसायीलाई निषेधाज्ञा अवधिको भाडा छुट गरेको छ । नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रमा पालिकाको नाममा रहेका सटरको भाडा छुट गर्ने निणर्य गरिएको हो ।
नगरपालिकाका सूचना अधिकारी हरि सिंहमा अनुसार कार्यपालिका बैठकले पालिकाको नाममा रहेका सटरको भाडा छुट गर्ने निर्णय गरेको हो ।
कोरोनाको विपद् समय नगरपालिकाले ४८ दिनको भाडा पूर्ण रूपमा छुट गर्ने निर्णय गरेको छ । ‘दोस्रो चरणको कोरोना संक्रमणको जोखिमपछि गरिएको निषेधाज्ञाका कारण व्यवसाय पनि बन्द भयो । निषेधाज्ञाले व्यवसाय बन्द बन्द भएपछि कार्यापालिकाबाट सो अवधिको भाडा छुट गर्ने निर्णय गरिएको छ,’ सिंहले भने ।
हाल महेन्द्रनगर बजार क्षेत्रमा नगरपालिकाले १ सय सटर भाडामा दिएको छ । यसअघि पनि नगरपालिकाले गत आवको व्यवसाय करमा ५ प्रतिशत छुट दिएको थियो ।
यसपालि दोस्रो चरणको कोरोना विपद्लाई लक्षित गर्दै नगरपालिकाले १६ जेठदेखि असारसम्मको भाडा छुट गरेकोे हो ।