नुवाकोट- नुवाकोटको दुप्चेश्वर गाँउपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेटको तयारी गरिरहेको जनाएको छ ।
गाउँपालिकाले बजेट निर्माणको सुझाव दिन ५ असारसम्म नागरिकलाई आग्रह गरेको हो ।
गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले बजेट निर्माणका लागि फोन, इमेल, म्यासेन्जर वा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत नागरिकले सुझाव पठाउन सक्ने बताइन् ।
गाउँपालिकाले भौतिक विकास, शिक्षा, स्वास्थ्य, आर्थिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता विकास, कृषि, लक्षित वर्गसमेतलाई समेटेर नागरिकसँग सुझाव माग गरेको हो ।