काठमाडौं- सरकारले रेलमार्गका लागि आगामी आर्थिक वर्षमा १० अर्व ३ करोड बजेट खर्च गर्ने भएको छ ।
बजेट भाषणमार्फत सरकारले केरुङदेखि पूर्व पश्चिम रेल मार्गका लागि यो बजेट विनियोजन गरेको हो ।
रेलले यतिका धेरे रकम पाउँदा देशको मेरुदण्ड कृषि क्षेत्रले भने ४५ अर्ब ९ करोड बजेट पाएको छ ।
कृषि तथा पशुपन्छी क्षेत्रको बजेट अद्दिल्लो वर्षको तुलनामा करिव चार अर्ब वृद्धि गरेर यति बनाएको हो ।
सरकारले कृषि र पशुपन्छीको क्षेत्रमा विनियोजन गरेको छ । गत वर्ष उक्त क्षेत्रको लागि ४१ अर्ब ४० करोड विनियोजन गरिएको थियो ।
सरकारले रासायनिक मलको अनुदानमा दिइँदै आएको अनुदान पनि बढाएको छ । रासायनिक मल खरीद गर्न दिइएको अनुदानमा वृद्धि गरी १२ अर्ब पुर्याइएको छ ।