मोरङ– मोरङको सुन्दरहरैँचा नगरपालिकको कोशीहरैचा उद्योग वाणिज्य संघको नवौं चुनावी साधारण सभाले संसदीय चुनावको झल्को दिएको छ । शनिवार भएको चुनावमा प्यानल नै बनाएर व्यापारीहरु सहभागी भएका छन् ।
कृष्णप्रसाद रिजाल र टिकाप्रसाद कट्टेल नेतृत्वको समूह आफ्नो समूहलाई व्यवसायीहरुको साझा समूह भएको दावी गर्दै चुनावमा होमिएका हुन । रिजाल काग्रेश निकटका हुन भने कट्टेल नेकपा निकटका हुन । उद्योग वाणिज्य संघ सुन्दरहरैचाको चुनावी मैदानमा जाँदा भने नेकपा एक भएको छ ।
चुनावी मैदानमा नगरका जनप्रतिनिधिहरु समेत खुलेर लागेका छन् । कांग्रेसबाट नगरप्रमुख भएका शिवप्रसाद ढकाल रिजाल प्यानलको भोट माग्न व्यापारीका घर घर पुगेका छन भने नेकपाबाट जनप्रतिनिधि भएकाहरु पनि कट्टेल प्यानलमा भोट माग्न व्यस्त छन् ।
सहकारीको खर्चमा चुनाव लड्दै
जनताले खाई नखाई गरेर जम्मा गरेको पैसाबाट एक सहकारीका अध्यक्ष चुनावी मैदानमा छन् । निहारीका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जित बहादुर सोडारी उद्योग बाणिज्य संघको चुनावी मैदानमा उत्रिएका हुन् । पानीको बोतलमा आफनो र सहकारीको नाम राखेर प्रचार गर्दै सोडारी चुनावी मैदानमा होमिएका छन्। एक दिन किस्ता नतिरे फाइन लिने गरेको सहकारीले सेयर सदस्यहरुको बचतको खिल्ली उडाएको छ । एक सहकारीकर्मीले भने यस्तै हर्कतका कारण सहकारी प्रति जनताको विश्वास घट्दै गएको दावी गरे ।
चुनावमा जानेलाई मासु चिउरा
शनिवार बिहान ९ बजे देखि मतदान सुरु भएको छ । मतदानमा जानेहरुका लागि छुट्टाछुट्टै स्थानमा खाने व्यवस्था गरिएको छ । उमेदवारहरुले व्यापारी तथा आफना समर्थकहरुलाई खाजाको पनि व्यवस्था गरेका छन् । चना चिउरादेखि मासु चिउरासम्म खाने व्यवस्था छ । प्रचारका लागि भेस्ट तथा टोपी समेत कार्यकर्ताहरुलाई उमेदवारहरुले उपलब्ध गराएका छन् ।