गोरखा– भिमसेनथापा गाउँपालिकाले पशुमा कृत्रिम गर्भाधान सेवा सञ्चालन गर्ने भएको छ । पशु सेवा शाखाको आर्थिक वर्ष २०८०/८१ स्वीकृत वार्षिक कार्यक्रमअनुसार कृत्रिम गर्भाधान सेवा सञ्चालन गर्न लागेको हो ।
गाउँपालिकाभित्रका पशुमा नश्ल सुधार गर्न कृत्रिक गर्भाधान सेवा सुधार गर्न लागेको गाउँपालिकाका नायव पशु सेवा प्राविधिक नारायण प्रसाद भट्टराईले बताए ।
गत वर्ष जिल्लाबाट प्राविधिक बोलाएर कृत्रिम गर्भाधान गराएको र सो स्थानीयलाई खर्चिलो पर्न गएकाले चालु आर्थिक वर्षदेखि पालिकाबाट नै कृत्रिम गर्भाधान सेवा उपलब्ध गर्न लागेको उनले बताए ।
उनले भने, ‘वीर्य निशुल्क उपलब्ध गराउँछौँ । घरमा नै पुगेर सेवा दिएबापत लिन न्युनतम शुल्क निर्धारण भएको छ ।’ पालिकाभित्रका गाई र भैँसीमा सो सेवा उपलब्ध हुने उनले बताए ।
गाईमा होलिस्टेन र जर्सीका साथै भैँसीमा मुर्रा र स्थानीय क्रस विड राख्नेगरि खरिद गरेको उनले जानकारी दिए ।