बाजुरा– स्वामीकार्तिक खापर गाउँपालिकाकाे ‘एक घर, एक दुहुनु गाई’ कार्यक्रम कार्यान्वयनमा आउन सकेकाे छैन । साे कार्यक्रमकाे लागि गाउँपालिकाले नीति तथा कार्यक्रममा समावेश गरे पनि कार्यान्वयनमा ल्याउन नसकेकाे हाे ।
गाउँपालिकाकाे कृषि शाखाका अधिकृत विनाेद शाहीका अनुसार चालु आर्थिक वर्षमा गाउँपालिकामा सीमित मात्रै बजेट विनियाेजन भएकाले साे कार्यक्रम कार्यान्वयनमा आउन नसकेकाे हाे । गाउँपालिकाले स्थानीय कृषकलाई पशु पालनमा आकर्षण बढाउनुका साथै प्राेत्साहन बढाउनका लागि साे कार्यक्रम ल्याएकाे उनले पालिकाखबरलाई सुनाए ।
तर गाउँपालिकाले पशु पालक कृषकलाई लक्षित गरी अनुदानमा हिउँदे घाँसकाे बीउ वितरण गर्दै आएकाे उनले सुनाए । उनका अनुसार गाउँपालिकामा करिब दुई हजार जना स्थानीय बासिन्दाले गाई र भैसी पालन गर्दै आएका छन् । साे कार्यक्रम सञ्चालनमा आउन सकेमा पशु पालक कृषककाे संख्यासमेत बढ्ने उनकाे अनुमान छ ।