स्याङ्जा- गल्याङ नगरपालिकाले कृषकसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले पशु पालक कृषकको सहजताको लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
नगरपालिकाको अनुसार पालिकाले भाेलि शुक्रबार पालिकाको वडा नम्बर ८ मा सो कार्यक्रम सञ्चालन गरिने छ । पालिकाको सम्बन्धित स्थानहरुमा नै पुगेर किसान महानुभावहरुको कृषि तथा पशु सम्बन्धी समस्या समाधान गर्ने उद्देश्य सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
नगरपालिकाको कर्मचारी स्थानीय बासिन्दाको घरमा पुगेर कृषि तथा पशुसँग सम्बन्धित समस्याबारे जानकारी लिनुका साथै परामर्श पनि दिइने जनाइएको छ ।