close

पोखरा आइपुगे भारतले दिएको मुर्रा राँगा

पोखरा आइपुगे भारतले दिएको मुर्रा राँगा

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा भारतले दिने घोषणा गरेको १५ मुर्रा राँगा पोखरा आइपुगेको छ । पोखरा आइपुगेका ७ वटा राँगालाई फुलमालाले स्वागत गरिएकाे छ । 

कृषि तथा पशुपक्षीका क्षेत्रमा दुई देशबीचको सहकार्यअनुरुप भारतले दिएकामध्ये सात राँगा पोखरा ल्याइएको राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख डा. जगदीश पाण्डेले जानकारी दिए । 

राँगाबाट आगामी पुसदेखि बिर्य सङ्कलन शुरू गरिने पाण्डेले बताए । एउटा राँगाबाट वार्षिक १५ देखि २० हजार डोज बिर्य उत्पादन हुने अनुमान गरिएको पशु प्रजनन कार्यालयले जनाएको छ । 

भारतले दिएका मुर्रा राँगा नेपालगञ्जस्थित रुपेडिया नाका हुँदै स्वदेश ल्याइएको हो । उच्च नश्लका मुर्रा भैँसीले रैथाने भैँसीभन्दा दोब्बर परिमाणमा दूध दिन्छन् ।