close

आर्यआर्जनका लागि निःशुल्क बंगुर वितरण

आर्यआर्जनका लागि निःशुल्क बंगुर वितरण

Trulli
ADVERTISEMENT

बर्दिया - मधुवन नगरपालिकाले निःशुल्क बंगुर वितरण गर्ने भएको छ । स्थानीय बासिन्दालाई आयआर्जनमा जोड्नका लागि निःशुल्क बंगुर वितरण गर्न लागेको हो । 

नगरपालिकाका पशु शाखाका प्रमुख गणेश बहादुर बोहराका अनुसार पालिकाले स्थानीय सहकारी तथा कृषि समूहमा बंगुरको पाठा पाठी वितरण गर्न लागेको हो । नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा १०० वटा बंगुर वितरण गर्ने उनले पालिकाखबरलाई बताए । 

सो कार्यक्रमको लागि नगरपालिकाले चालु आवमा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले सुनाए । नगरपालिकाले सामुहिक समुह तथा विपन्न परिवारलाई लक्षित गरी बंगुर वितरण गरिने उनले बताए । बंगुर वितरणका लागि नगरपालिकाले आवेदन माग गर्ने र आवेदकको कागजात हेरेर छनौट गरी बंगुर वितरण गरिने उनले सुनाए । 

नगरपालिका क्षेत्रमा हाल सामुहिक तथा व्यक्तिगत रुपमा ब‌ंगुर पाल्दै आएकाे उनले सुनाए ।