सप्तरी - डाक्नेश्वरी नगरपालिकाले माछा पालनलाई प्रर्वद्धन गर्दै आएको छ । नगरपालिकाले माछा पालनलाई प्रर्वद्धन गर्नका लागि झुल, चुना तथा भुरा वितरण गर्दै आएको छ ।
नगरपालिकाको मत्स्य विकास अधिकृत मो मजिदका अनुसार माछा पालन कृषकलाई प्रोत्साहन गर्नको लागि विभिन्न सामग्री वितरण गर्दै आएको छ । उनले गत पालिकामा दर्ता भई आएका व्यवसायीलाई झुल, चुना तथा भुरा वितरण गर्दै आएको पालिकाखबरलाई बताए ।
माछामा लाग्ने रोगबाट बचाउनका लागि झुल तथा चुना वितरण गरेको उनले बताए । गत आर्थिक वर्षमा करिब ६० जना कृषकलाई सो सामग्री वितरण गरेको उनले सुनाए ।
उनका अनुसार नगरपालिकाभित्र ५०० परिवारले सामान्य रुपमा र ५० जनाले व्यावसायिक रुपमा माछा पाल्दै आएको छ । पछिल्लो समय माछा पालनमा कृषकको आर्कषण बढेको उनले जानकारी दिए ।