भक्तपुर। सूर्यविनायक नगरपालिकाले खोरेत रोगको भ्याक्सिन लगाउने भएको छ ।
भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आर्थिक वर्ष २०७९/८० अन्तर्गत पशुपन्छीमा लाग्ने सङ्क्रामक रोग विरुद्धको खोप अभियान अन्तर्गत नगरपालिकाले ३००० डोज खोरेत भ्याक्सिन पाइएको जनाएको छ ।
वडा नं १ देखि १० सम्ममा तीन जना भ्याक्सिनेटरहरु घर/घरमा गएर पशुपन्छीमा खोरेतविरुद्धको खोप लगाउने जनाइएको छ ।