काठमाडौँ । सामुदायिक ‘कुकुर मार्छु’ भनी अभिव्यक्ति दिने काठमाडौं महानगरपालिका-३० का वडाध्यक्ष दलबहादुर कार्कीविरुद्ध अदालतमममा रिट परेको छ ।
काठमाडौं महानगर कार्यपालिकाको बैठकममा एकै दिन २५०० कुकुर मार्ने प्रस्ताव गर्ने कामनपा-३०का वडाध्यक्ष कार्कीविरुद्ध उच्च अदालत पाटनमा रिट परेको हो ।
पशु कल्याण संघ नेपालका सचिव रुपक कोइराला र कोषाध्यक्ष विकेशकुमार श्रेष्ठले वडाध्यक्ष कार्की विरुद्ध रिट दिएका हुन् ।
आइतबारको कार्यपालिका बैठकमा अध्यक्ष कार्कीले एकैदिन २५ सय कुकुर मार्ने प्रस्ताव गरेका थिए ।