close

बस दुर्घटनामा परी २ को मृत्यु, ३६ जना घाइते

बस दुर्घटनामा परी २ को मृत्यु, ३६ जना घाइते

Trulli
ADVERTISEMENT

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  साथै, ३६ जाना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेमध्ये ३० जना हेटौंडा अस्पतालमा उपचारपछि घर फर्किएका छन् भने तीन जनालाई थप उपचारका लागि भरतपुर, २ जनालाई काठमाडौं र एक जनाको हेटौंडामैं उपचार भइरहेको छ । 

काठमाडौंबाट झापाको दमक जाँदै गरेको ना.७ ख २०३२ नम्बरको रात्रि बस आइतबार राति पूर्व-पश्चिमराजमार्ग अन्तर्गत चुरीयामाई मन्दिर नजिक नालीमा खस्दा  सो दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मृत्यु हुनेहरूमा  बसमा सवार झापाको दमक -५ का ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ जिल्ला बेलबारी-८ काअन्दाजी ५१ वर्षीय कल्पना राजबंशी छन् ।