काठमाडौं । उदयपुरको बेलका नगरपालिका–७मा एकैपरिवारका तीन जनाको हत्या भएको छ ।
प्रहरीका अनुसार उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।
हत्यामा संलग्न भएको आशंकामा नरबहादुर बस्नेतलाई पक्राउ गरिएको छ ।उनी नाताभित्रका व्यक्ति भएको खुलासा भएको छ ।
बेलकाका मेयर अशोक कार्कीका अनुसार घटनास्थल नगरपालिकाको विकट क्षेत्रमा पर्छ । ‘बिहान ११ बजेको घटना रहेछ, टुक्राटुक्रा पारेको अवस्थामा शव भेटिएको छ’ उनले भने, ‘प्रहरीले संकलन गरेर एकठाउँमा राखेको छ ।’
प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी हानिएको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ ।