सप्तरी । सप्तरीमा पोखरीमा दुई बालकको मृत्यु भएको छ । सप्तरी प्रहरीका अनुसार एकको डुबेर र चिप्लेर घाइते भएका अर्का एकको उपचारका क्रममा मृत्यु भएको हो।
पोखरीमा डुबेर सप्तरीको विष्णुपुर गाउँपालिका वडा न.३ का अन्दाजी ३५ वर्षीय लल्कु भन्ने शिव शंकर सदा र झापाको घैलाडुवा गाउँपालिका-६का संजय पण्डितका २ वर्षीय छोरा दीप कुमार पण्डितको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै, पाहुनाको रुपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका-४ मा गएका एक बालकको खेल्ने क्रममा चिप्लेर पोखरीमा खसेका बालकको उपचारको क्रममा मृत्यु भएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको छ ।