close

अरिंगालले टोक्दा त्रिवेणी पालिकाका एक युवकको मृत्यु ​​​​​

अरिंगालले टोक्दा त्रिवेणी पालिकाका एक युवकको मृत्यु ​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । रुकुमपश्चिममा अरिंगालले टोक्दा एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार  त्रिवेणी गाउँपालिका–१, का ३८ वर्षीय सुवर्ण सुनारको अरिंगालले टोकेर मृत्यु भएको हो ।

तीन दिनअघि अरिंगालले टोकेपछि बिरामी भएका सुनारको आइतबार उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सल्यानको श्रीनगरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सल्यानको बाँफुखोलामा अरिंगालको गोला झार्न गएका सुनारलाई अरिंगालले टोकेको थियो ।

घाइते सुनारलाई तीन दिनसम्म त्रिवेणी गाउँपालिका–६, झुल्नेटास्थित एक निजी स्वास्थ्य क्लिनिकमा राखेर उपचार गरिएको थियो ।