पाल्पा । पाल्पामा आइतबार साँझ करिब ५ बजेतिर बस दुर्घटनामा हुँदा घटीमा ६ जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रहेका रिब्दिकोट गाउँपालिका-२ लघुवामा सडकबाट तल खसेको हो। प्रहरीका अनुसार अहिलेसम्म ६ जनाको शव फेला परेको छ।
१७ जना घाइतेलाई उद्धार गरेर तानसेन पठाएको छ भने गाडीभित्र थप कति जना यात्रु छन् भन्ने यकिन भइसकेको छैन । बस सडकबाट डेढ सय मिटर तल खसेको र अहिले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ। मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान छ भने दुर्घटनाको कारण खुल्न सकेको छैन ।
मृतकको सनाखत समेत हुन बाँकी छ ।