काठमाडौँ । भक्तपुर भक्तपुर नगरपालिका- १ सल्लाघारीमा ढलेको रुखले बस र स्कुटर च्यापेको छ ।
सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा.२ ख ३५८४ नम्बरको बस र बा. ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको हो ।
त्यसैगरी, १२ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । शर्माका अनुसार मृत्यु हुनेमा नितेज खर्बुजा रहेका र अन्य दुईको पहिचान खुल्न सकेको छैन। त्यसैगरी, उनले अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने कार्य गरिरहेको छ ।
घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तराष्ट्रिय अस्पताल उपचार भइरहेको छ ।